प्रहरीले लुटेरालाई पछ्याउँदा काठमाडौँमा गोली चल्यो, ७ राउण्ड गोलीसहित १ नाल पिस्तोल बरामद

काठमाडौँ । लुटेरा समूहलाई नियन्त्रणमा लिन प्रहरीले काठमाडौँमा गोली चलाएको छ।

साथै काठमाडौँ जगडोलमा ७ राउण्ड गोलीसहित १ नाल पिस्तोल बरामद भएको छ ।

बिहीबार अनुमानित समय १३ः३३ बजे गोकर्णेश्‍वर नगरपालिका–३ को जगडोलमा ३ वटा मोटरसाइकलमा आएका लुटेरा समूहलाई पछ्याउँदै गरेको प्रहरी टोलीलाई देख्नासाथ उक्त लुटेरा समूहले प्रहरी टोलीलाई आक्रमण गर्न लाग्दा प्रहरी टोलीद्वारा जवाफी कारबाही गरिएको ।

जवाफी कारबाहीमा सिन्धुली कमलामाई नगरपालिका–२ घर भएका वर्ष अनुमानित ३६ को अमर घलानको दाहिने घुँडामुनी–१, र तिघ्रामा–१ गरी २ गोली लागेको थियो ।

निज घाइतेलाई प्रहरीद्वारा नेशनल मेडिकल कलेज, जोरपाटी अत्तरखेलमा लगी उपचार गराइएको ।

घटनामा संलग्न रहेका सर्लाही घर भएका अनुमानित वर्ष ३६ को शन्त लामा र सिन्धुपाल्चोक घर भएका वर्ष अनुमानित ३० को जितेन लामालाई २ वटा मोटरसाइकलसहित प्रहरीद्वारा नियन्त्रणमा लिइएको ।

घटनास्थलबाट फरार रहेका अन्यको प्रहरीद्वारा व्यापक खोज तलास गर्नुका साथै थप अनुसन्धान भई रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − thirteen =