सुशासनको अभियानलाई कमजोर पार्ने प्रयत्न भयो : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अहिलेको राष्ट्रिय कार्यभार नेपाली समाजको सामाजिक र आर्थिक रूपान्तरण रहेको बताएका छन् ।

बिहीवार काठमाडौँमा आयोजित नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार—२०२३ पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली जनताको अपेक्षा, नेपाली समाजको आवश्यकता, सामाजिक, आर्थिक रूपान्तरणको प्रक्रिया र समृद्धिको प्रक्रियाले तीव्रता प्राप्त गर्न नसकेको बताए ।

उनले गुणात्मक फड्कोको बिन्दुमा पुग्न बाँकी रहेकाले सबैले मिलेर काम गर्न जरुरी रहेको बताए । उनले आजको ऐतिहासिक आवश्यकता भनेको आर्थिक समृद्धिको प्रक्रिया, विकासको प्रक्रियालाई तीव्रता प्रदान गर्नु र फड्कोको बिन्दुमा पुर्याउनु रहेको बताए ।

उनले भने ‘आजको राष्ट्रिय र केन्द्रीय कार्यभार भनेको नेपाली समाजको सामाजिक आर्थिक रूपान्तरण हो । आर्थिक विकास र समृद्धि हो । या राजनीतिक परिवर्तन भएपछि यस क्षेत्रमा केही पनि परिवर्तन भएको छैन त । आर्थिक विकास र समृद्धिको क्षेत्रमा ? केही न केही भएको छ । यो पनि त्यत्तिकै सत्य हो की यो ऐतिहासिक परिवर्तनमा अन्तर्निहित निर्देश, नेपाली जनताको अपेक्षा र नेपाली समाजको आजको आवश्यकता, सामाजिक, आर्थिक रूपान्तरणको प्रक्रिया र समृद्धिको प्रक्रियाले तीव्रता प्राप्त गर्न सकेको छैन । गुणात्मक फड्कोको बिन्दुमा पुग्न बाँकी नै छ । त्यसकारणले आजको ऐतिहासिक आवश्यकता भनेको आर्थिक समृद्धिको प्रक्रिया, विकासको प्रक्रियालाई तीव्रता प्रदान गर्नु र फड्कोको बिन्दुमा पुर्याउनु हो ।’

उपप्रधानमन्त्री श्रेष्ठले सुशासनको अभियानलाई कमजोर पार्न त्यत्तिकै प्रयत्न भइरहेको बताए । उनले सुशासनको अभियानलाई कमजोर पार्ने अभियान सफल हुन नदिन सबै लाग्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 19 =