नेपाली संस्कृतिमा गीत र सङ्गीतको महत्त्व धेरै छ : मन्त्री श्रेष्ठ

काठमाडौँ । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले नेपाली संस्कृतिमा गीत र सङ्गीतको धेरै महत्त्व रहेको बताएकी छन् ।

बुधवार काठमाडौँमा आयोजित बि।स्टार फिल्म म्युजिक अवार्ड कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले कलाकारहरूको सम्मान सरकारले गरिरहेको पनि बताइन् ।

उनले कलाकारहरूले समाजमा पुर्याएको योगदान र फैलाएको जनचेतना उल्लेख्य रहेको बताइन् ।

उनले भनिन् ‘नेपाली संस्कृतिमा गीत र सङ्गीतको धेरै महत्त्व रहेको छ । कलाकारहरूको सम्मानका लागि बि स्टार फिल्म अवार्ड प्रदान गर्नुभएको छ ।’

सो अवसरमा मन्त्री श्रेष्ठले कलाकारहरूलाई बि।स्टार फिल्म म्युजिक अवार्ड प्रदानसमेत गरेका थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =