बागमती प्रदेशसभाको अधिवेशन आज मध्यरातदेखि अन्त्य
२०८० असोज २३ गते

बागमती प्रदेश सभा बैठकको अधिवेशन आज मध्यरातदेखि अन्त्य हुँदै छ।
बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश सभाको १२औं वर्षे अधिवेशन बैठक आज मध्यराति १२ बजेदेखि अन्त्य गरेका हुन्।
मन्त्रिपरिषदबाट आज पारित भई आएअनुसार, प्रदेश प्रमुख शर्माले संविधानको प्रक्रिया पूरा गरी प्रदेशसभाको बैठक अन्त्य गरेको प्रदेश प्रमुखको सचिवालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिए।
बागमती प्रदेश सभाको पहिलो बैठक २०७९ पुस १८ गते बसेको थियो।
२०८० असोज २३ गते
प्रतिक्रिया
सम्बन्धित








