प्रेमीसँगै गेस्ट हाउसमा बसेकी १७ वर्षीया किशोरी मृत फेला

काठमाडौं । काठमाडौंको सुन्धारास्थित एक गेस्ट हाउसमा १७ वर्षीया युवती मृत भेटिएकी छिन् ।

ललितपुरको इमाडोलकी नीता राउत मृत फेला परेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरीले विषको बट्टा पनि फेला पारेको छ । प्रहरीका अनुसार किशोरी श्रीगुरु गेस्ट हाउसमा असोज ८ देखि बस्दै आएकी थिइन् ।

प्रेमीले पैसा सकिएर आइतबार आफू बाहिर निस्किएको र सोमबार बिहान गएर हेर्दा कोठामा मृत भेटिएको बयान दिएका छन् ।

प्रहरीले शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − one =