सवारी दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु

रसुवा । आमाछोदिङ्मो गाउँपालिका–२ नेसिङ खोलास्थित सडकमा बा.५ ख ५७८ नम्बरको आईचर गाडीको ब्रेक फेल भई सडकबाट करिब २ सय मिटर तल खसेर सोमबार बेलुकी दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा गाडीमा सवार सोही गाउँपालिका–२ बस्ने ३२ वर्षीय अक्कल बहादुर तामाङ, ३२ वर्षीय फुर्पु छेवाङ तामाङ र ४१ वर्षीया पेम्बा डोल्मा तामाङ रहेका छन् ।

दुर्घटनामा घाइते भएका चालकसमेत ५ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + seventeen =