युट्युबरहरुलाई दुर्गा प्रसाईँको आग्रह– देश बचाइदिनुहोस्

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले आफूलाई मूलधारका मिडियाले साथ नदिएको भन्दै आक्रोश पोखेका छन् ।

सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा मूलधारका मिडियाले कुनै पनि प्रतिनिधि पठाएका थिएनन् ।

उक्त कार्यक्रममै प्रसाईँमाथि एमाले निकट युवा सङ्घले मोसो दलेपछि आज आफ्नै घरमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रसाईले आफ्नो आक्रोश व्यत्त गरेका हुन् ।

मङ्गलवार प्रसाईले आयोजना गरेको पत्रकार सम्मेलनमा पनि एकाधबाहेकका कुनै पनि मूलधारका मिडिया नपुगेपछि उनले युट्युबरहरुलाई देशको असली रक्षक भन्दै प्रशंसा गरे । उनले देशको भविष्य यट्युबरकै हातमा रहेको दाबी गर्दै देश बचाईंदिन आग्रहसमेत गरे ।

‘आजबाट आन्दोलन सुरु भयो, आजदेखि देशभरि युवाहरू निस्किनुहोस्, देशभरि आजदेखि हाम्रो आन्दोलन सुरु हुन्छ, राँके जुलुस, कार्यक्रम गर्नुस्, तपाईंहरू पनि निस्कनुस्, देश जोगाउन’, उनले भने, ‘तपाईंहरूलाई युट्युबे, स्युटुबे भन्छन् नि, तपाईंहरूले देश बचाउनु भो भने बचाउनु भो, यी ठूला मिडियाले बचाउँदैनन्, कुरा बुझ्नुस् । अब तपाईंहरूको टाउकोमा यो दायित्त्व तको छ ।’

कुनैबेला नेकपा एमालेको केन्द्रीय सदस्य रहेका प्रसाई पछिल्लो समय एमाले त्यागेर देशमा स्थिरता कायम गर्न राजतन्त्र पुनर्बहाली गर्नुपर्ने भन्दै अभियान चलाइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 12 =