खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा एक व्यक्ति पक्राउ
२०८० असोज २३ गते

प्रतिकात्मक तस्वीर
सुनसरी । इटहरी उपमहानगरपालिका–१७ मझौरा बस्ने ३२ वर्षीया कमला तामाङको हत्या गरेको अभियोगमा भोजपुर साल्पा सिलिचोक गाउँपालिका–९ बस्ने ४९ वर्षीय निमा तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सामान्य विवादको क्रममा कमाललाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले निमालाई खुकुरीसहित पक्राउ गरेको हो ।
गम्भीर घाइते भएकी कमलाको धरान घोपा हुँदै न्युरो अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२०८० असोज २३ गते
प्रतिक्रिया
सम्बन्धित








