सीतारामको ‘यसपालि सीतारामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार’ योजना सार्वजनिक
२०८० असोज २२ गते

काठमाडौँ । सीताराम गोकुल मिल्क्स काठमाडौं प्रा.लि ले बडादशैं, शुभ दिपावली तथा छठ पर्वको उपलक्ष्यमा ग्राहकहरूका लागि ‘यसपालि सीतारामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार’ योजना ल्याएको छ ।
जसअन्तर्गत सीतारामका दूधजन्य उत्पादन खरिदमा एउटा कुपन प्राप्त हुनेछ र लक्की ड्र मार्फत विजेता घोषण गरिनेछ ।
यस योजना अन्तर्गत बम्पर उपहारमा ३ जनाले हाइसेन्स ब्राण्डको मल्टि डोर रेफ्रीजिरेटर, ५० इन्चको टि.भी र वाशिङ्ग मेसिन पाउनेछन् । त्यस्तै अन्य २० जनाले इन्डक्सन चुल्हो, इलेक्ट्रिक हिटर वा इलेक्ट्रिक वाटर हट पट पाउनेछन् ।
यो योजना दूध बाहेक अन्य दूधजन्य उत्पादनमा मात्र लागू हुने सिताराम कम्पनीले जानकारी दिएको छ ।
सीताराम गोकुल मिल्क्स काठमाडौं प्रा.लिले विगत २८ वर्ष देखि दूध तथा दूधजन्य उत्पादनहरु नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ ।
२०८० असोज २२ गते
प्रतिक्रिया
सम्बन्धित








