दुर्गा प्रसाईंलाई कालो मोसो दलियो(भिडिओ)

काठमाडौं । बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईँलाई कालो मोसो दलिएको छ ।
एल्लो प्यागोडा होटेल परिसरमा प्रसाईँलाई एमालेको एक समूहले कालो मोसो दलेको हो ।
प्रसाईँका सहयोगी दिपक खड्काका अनुसार एमालेका कार्यकर्ताले कालो मोसो दलेका हुन् ।
उनले पत्रकार सम्मेलन गर्न एल्लो प्यागोडा जानेक्रममा गाडीबाट उत्रँदै गर्दा कालो रङ्ग हालेको पोका गाडीमा फ्याकेका थिए । त्यस क्रममा प्रसाईँलाई लागेको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी कुमोध ढुंगेलले पनि प्रसाईमाथि दुर्व्यवहार भएको बताएका छन् । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानको संयोजक रहेका प्रसाईँले बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर धम्की दिँदै आएका थिए ।
प्रसाईंले बैंक तथा वित्तीय संस्थाका प्रमुखहरूलाई कालोमोसो दल्ने भन्दै कालोमोसो दस्ता नै बनाएका थिए ।
गत फागुन १३ गते चितवनमा कालोमोसो दस्ताको केन्द्रीय संयोजकको रूपमा शम्भु थापालाई घोषणा गरेका थिए ।








