ओलीद्धारा इजरायलमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण
२०८० असोज २२ गते

काठमाडौँ । नेकपा एमालेले इजरायलमा रहेका नेपालीको उद्धार गर्न सरकारसँग माग गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार एक वक्तव्य जारी गर्दै घाइते तथा अप्ठ्यारो अवस्थामा रहेका नेपालीको उद्धार गर्न माग गरेका हुन् ।
ओलीले हमासको आक्रमणमा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेका छन् ।
ओलीले हमासले गरेको आक्रमणको समेत निन्दा गरेका छन् ।
उनले यसप्रकारका आक्रमणबाट प्यालेस्टाइनीको माग पूरा नहुनेसमेत बताएका छन् ।
ओलीले सबैमा धैर्यधारण गर्न आग्रह गर्दै घटनामा परी घाइते हुनेहरूको तत्काल उपचार, अप्ठ्यारोमा परेकाहरूलाई उद्धार तथा ज्यान गुमाएका व्यक्तिहरूको शव स्वदेश ल्याई परिवारलाई बुझाउने सुनिश्चितताका लागि नेपाल सरकारसमक्ष जोडदार माग गर्ने पनि उल्लेख गरेका छन् ।

२०८० असोज २२ गते
प्रतिक्रिया
सम्बन्धित








