मोटरसाइकल अनियन्त्रित भई विद्युतको पोलमा ठोक्किदा चालकको मृत्यु

पर्सा । वीरगंज महानगरपालिका–२५ मोजे सिर्सियास्थित सडकमा प्रदेश २–०३–०१७ प ६९७२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई विद्युतको पोलमा ठोक्किदा दुर्घटना भएको छ ।

आइतबार राति दुर्घटना हुँदा चालक सोही महानगरपालिका–१ छपकैया बस्ने २४ वर्षीय रमन पटेलको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पतालमा उपचारको क्रममा
मृत्यु भएको हो ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + eight =