राजावादीहरूसँग सवालजवाफ होइन हामी सच्चिनुपर्छ : रघुजी पन्त
२०८० असोज २१ गते

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद रघुजी पन्तले राजनीतिक दलहरू सच्चिनुपर्ने बताएका छन् ।
गणतन्त्रविरुद्ध बोल्ने राजावादीहरूसँग सवालजवाफ गर्ने भन्दा पनि गल्ती गर्ने राजनीतिक दल र त्यसका नेताहरू सच्चिएर अघि बढ्नुपर्ने उनको भनाई थियो ।
आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद पन्तले राजनीतिक दलहरूले जनतालाई पुनर्विश्वास दिलाउनुपर्ने धारणा समेत राखे ।
उनले भने ‘राजावादीहरूसँग सवालजवाफ गरेर मात्रै पुग्दैन । लोकतन्त्रमा हामीले आफू सच्चिनुपर्छ । जो गल्ती गरेका छन्, ती नेताहरू सच्चिनुपर्छ । पार्टीहरूले सच्चिनु पर्छ । दलहरू जनताको छेउमा जानुपर्छ । दलहरूले जनतालाई पुनर्विश्वास दिलाउनुपर्ने आवश्यकता छ ।’
सांसद पन्तले राजनीतिक दलहरूले जनताको बीचमा जाने कामलाई तीव्रता दिनुपर्ने पनि बताए ।
२०८० असोज २१ गते
प्रतिक्रिया
सम्बन्धित








