शिक्षामा लगानी बढाउँदै लैजानुपर्छ भन्ने कुरामा सरकार प्रस्ट छ : शिक्षामन्त्री राई

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षामा लगानी बढाउँदै जानुपर्छ भन्ने कुरामा सरकार प्रस्ट रहेको बताएका छन् ।

आगामी वर्षहरूमा अर्थतन्त्रको प्रगति सँगसँगै शिक्षामा बजेट बढाएर राख्ने मन्त्री राईको भनाई थियो । आइतबार प्रतिनिधि सभा बैठकमा विद्यालय शिक्षा विधेयक–२०८० माथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले मुलुकको अर्थतन्त्रको बढोत्तरी नभएसम्म भने कुनैपनि क्षेत्रमा लगानी वृद्धि गर्न सकिने अवस्था नरहने स्पष्ट पारे ।

मन्त्री राईले भने ‘हाम्रो अर्थतन्त्रले धानेसम्म शिक्षामा लगानी बढाउँदै जानुपर्छ भन्ने कुरामा सरकार पनि प्रस्टै छ । यस पाली कुल बजेटको ११ दशमलव २७ प्रतिशत लगानी रहेको छ भने आउने वर्षहरूमा त्यो भन्दा अर्थतन्त्रको प्रगति सँगसँगै त्यो भन्दा बढी बजेट बढाएर राख्न सकिने कुरा पनि म निवेदन गर्न चाहन्छु । तर सबै चीजको निर्णायक विषय चाहिँ के हो भने अर्थतन्त्रमा बढोत्तरी हुनु प¥यो । अर्थतन्त्रमा प्रगति हुनुप¥यो । उद्योगधन्दा खुल्नु प¥यो । बन्दव्यापार फुल्नु, फल्नु पर्यो । कृषि उपजमा प्रगति हुनु पर्यो । यो सबै कुराको सामरिक असर शिक्षामा पनि पर्नेकुरा म यहाँहरूलाई निवेदन गर्न चाहन्छु । ’

मन्त्री राईले विज्ञहरूसँग थप छलफल गरेर सो विधेयकलाई समृद्ध बनाउन पनि सरकार तयार रहेको बताए । उनले सरकारले शिक्षक, विद्यार्थी र अभिभावकको जायज मागलाई सम्बोधन गरेर नै सो विधेयकलाई अघि बढाउने पटकपटक दोहोर्याए । ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − nine =