धरानमा ट्रकले हान्दा स्कुटर चालक आशबहादुरको मृत्यु

काठमाडाैँ । सुनसरीको धरानमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् ।

धरान-८ स्थित कोशी हाइवेको लांघाली चोकमा शुक्रबार धरानबाट इटहरी जाँदै गरेको को १ ख ४०६३ नम्बरको मालवाहक ट्रकले विपरित दिशातर्फ जाँदै गरेको प्रदेश १–०२–०४५ प ३७४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो । सो दुर्घटनामा स्कुटरमा सवार इटहरी–९ घर भएका ४५ वर्षीय आशबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका राईको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटरको पछाडि सवार धनकुटाको साँगुरीगढी–९ घर भएका ५० वर्षीय टेकबहादुर राई दुर्घटनामा गम्भीर घाइते भएका छन्। उनको पनि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि प्रहरीले ट्रक चालक धनकुटाको चौबिसे गाउँपालिका–६ का ३० वर्षीय चन्द्रप्रसाद राईलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 2 =