‘जीआइए फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२३’ असोज १८ देखि २१ गते सम्म भृकुटीमण्डपमा हुने

काठमाडौँ । विशेष रूपमा खाद्य, पेय पदार्थ र आतिथ्यमा केन्द्रित ‘जीआइए फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२३’ असोज १८ देखि २१ गते सम्म भृकुटीमण्डपमा प्रारम्भ हुदैँछ ।
यस वर्ष जीएआइ एपबिएच २०२३ ले मोबाइल एपलाई व्यावसायिक आगन्तुक प्रवर्द्धनको मुख्य विशेषताको रूपमा प्रस्तुत गरेको छ ।
मोबाइल एप द्वारा दर्ताले व्यापार, आगन्तुक प्रवर्द्धनलाई सहज बनाउनेमा आयोजक विश्वस्त छन् । यसको प्रयोगले प्रत्यक्ष अप्रत्यक्ष
सबै आगन्तुकहरूको पनि डाटा सहजै सङ्कलन हुने भएको छ । यसले गर्दा प्रदर्शकहरूको लागि पनि धेरै सजिलो हुने आयोजक दाबी
गर्छन् ।
नेपालमा खाद्य तथा पेय पदार्थ उद्योगको कुल सङ्ख्या २५,५०० रहेको छ जसमध्ये २४ हजार ९४० खाद्यान्न उत्पादनमा संलग्न छन्
भने बाँकी ५६० पेय पदार्थ उत्पादनमा संलग्न छन् । साथै खाद्य र पेय पदार्थ उद्योगमा संलग्न व्यक्तिहरूको सङ्ख्या ९३,८०६ रहेका छन् ।
जसमध्ये ८४ हजार २ सय १७ जना खाद्यान्न उत्पादन क्षेत्रबाट र ९ हजार ५८९ व्यक्ति पेय पदार्थ उत्पादन क्षेत्रमा संलग्न छन् ।
जीएआइ एपबिएच २०२३ ले लगभग ३०,००० आगन्तुकहरूलाई आकर्षित गर्ने अपेक्षा गरेको छ जसमध्ये जीएआइ एपबिएच २०२३ ले लगभग १५,००० व्यावसायिक आगन्तुकहरूको अपेक्षा राखेको छ ।
एक्स्पोमा होटल व्यवसायी, रेस्टुरेन्ट, क्लब , बार, पब, पार्टी९प्यालेस ,क्यान्टिन, सुपर९मार्केट, ग्रोसरी मार्ट, किराना ९ पसल, बेकरी, स्न्याक्स उत्पादक, कृषि खाद्य प्रशोधन उत्पादकहरूका मालिक तथा प्रबन्धकहरू केटररहरू, शेफहरू, बारटेन्डर र बरिस्टाहरूको सहभागिता बाक्लो रहने छ ।
यो एक्स्पो खानपिन केन्द्रित भएकोले उपभोक्ताहरूको पनि बाक्लो उपस्थिति रहने आयोजक बताउँछन् ।
यस मेला मार्फत आगन्तुकहरूले खाना, पेय पदार्थ र आतिथ्य उत्पादन तथा सेवाहरूको बारेमा विस्तृत रुपमा बुझ्न पाउनेछन् साथै गत वर्षको तुलनामा यस वर्ष २५ प्रतिशतले प्रदर्शकहरूको सङ्ख्या मा पनि वृद्धि रहेको आयोजक बताउँछन् ।
मेलामा ५००० उत्पादन सेवाहरू, २०० कम्पनीहरू रहनेछन् भने १८०० वर्ग मिटरभन्दा माथिका १५० स्टलहरू सञ्चालन हुनेछन् । कार्यक्रममा
कम्पनीहरूले आफ्ना उत्पादनहरूको विशेषता, स्किम वा अफर्स, स्वाद आदि को बारेमा विस्तृत जानकारी दिने भएकाले आगन्तुकहरूका लागि नयाँ खाना र पेय पदार्थहरूको स्वाद लिन यो एक उत्कृष्ट अवसर हुनेछ ।
साथै यो कार्यक्रम खाद्य, पेय र आतिथ्य बारे अवलोकन गर्न, अन्तरक्रिया गर्न, भाग लिन वा नयाँ सम्पर्कहरू बनाउन र जानकारी प्राप्त गर्न आगन्तुकहरूको लागि एउटा महत्पूर्ण स्थान हुनसक्ने आयोजक बताउँछन् ।








