सेनाको ट्रकले हान्दा स्कुटर चालक आकृतिको मृत्यु

काठमाडौँ । नेपाली सेनाको ट्रकको ठक्करबाट काठमाडौँकाे रत्नपार्क मोडमा एक स्कुटर चालकको मृत्यु भएको छ । ठक्करबाट काठमाडौँ महानगरपालिका-१३ ताहचल घर भएकी आकृति शर्माको मृत्यु भएको हो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीआईजी पोषराज पोखरेलका अनुसार घटनामा संलग्न प्र.३०१–००१ ग ३७०५ नम्बरको ट्रक चालक नेपाली सेनाका हवल्दार मोहम्मद नुर रयानदेबानलाई नियन्त्रणमा लिइएको छ ।

उनलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । यसबारे थप अनुसन्धान भइरहेको पोखरेलको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − nineteen =