नेपाल वायुसेवा निगम र निजी क्षेत्रका राष्ट्रिय संस्थाहरुबीच साझेदारीका लागि हस्ताक्षर

काठमाडौं । नेपाल वायुसेवा निगम र निजी क्षेत्रका राष्ट्रिय संस्थाहरुबीच साझेदारीका लागि हस्ताक्षर भएको छ ।
बिहीवार काठमाडौंका एक कार्यक्रमका बीच राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र निजी क्षेत्रका नेपाल चेम्बर अफ कर्मस,राष्ट्रिय व्यवसायी पहल, नेपाल युवा उद्यमी मञ्च र नेपाल उद्योग परिसंघ युवा उद्यमी कोशी प्रदेशसँग साझेदारीका लागि हस्ताक्षर भएको हो ।
साझेदारी पत्रमा नेपाल वायुसेवा निगमको तर्फबाट निगमका अध्यक्ष युवराज अधिकारी र निजी क्षेत्रका संस्थाका अध्यक्षहरु बीच राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमसँग सकार्य र साझेदारी गर्ने गरी सम्झौता भएको छ ।
साझेदारी पत्रमा हस्ताक्षरपश्चात कार्यक्रममा बोल्दै निगमका अध्यक्ष अधिकारीकाले राष्ट्रिय स्वाधिनता,स्वाभिमान र राष्ट्रिय अस्थित्वको लागि नेपाल वायुसेवा निगमको संरक्षण र संवद्र्धन गर्न आवश्यक रहेको बताए ।
उनले देशमा धेरै पढेर डा.लेख्नेहरुले डेविट र क्रेडिटको मात्रै हिसाब गर्ने तर राष्ट्रिय स्वाधिनता,स्वाभिमान मूल्य डेविट र क्रेडिट मात्रै नहुने बताए । उनले नेपाल वायु सेवा निगमको समृद्धिले मुलुकको पर्यटन क्षेत्रमा ठूलो सहयोग पु¥याउने बताए ।
उनले नेपालको पर्यटन क्षेत्रको अभिवृद्धिको लागि निगमले केही नगरेको भन्दै जिम्मेवारी व्यक्तिहरुले भनेको भन्दै सरकारमा बसेका जिम्मेवार व्यक्तिहरुमार्फत निगमलाई के आयो भन्नेकुरा हेर्नुपर्ने बेला आएको बताए ।
उनले देश नेपाल जस्तै बन्नुपर्ने तर जहाज अमेरिका जापानको जस्तो हुनुपर्छ भन्ने कुरा नमिल्ने बताए । उनले निगममा रहेका ६५ वर्ष देखिका विकृति एकै दिनमा सुधार गर भन्दैमा सुधार गर्न नसकिने बताए ।
अध्यक्ष अधिकारीले आफू निगममा अध्यक्ष भएर आएपछि कुनै पनि भष्टाचारको काम नभएको बताए ।
त्यस्तै, कार्यक्रममा बोल्दै उद्योग परिसंघ युवा उद्यमी कोशी प्रदेशका अध्यक्ष अनमोल प्रधानले नेपाल वायुसेवालाई युवाहरुको माझ बलियो बनाउने जिम्मेवारी आएको भन्दै पूरा गर्न तयार रहेको बताए ।
उनले नेपाल वायुसेवा निगमलाई सरकारको साथ र सहयोग नहुनु दुखत कुरा भएको बताए ।
उनले नेपालका युवाहरुले सरकारसँग केही नचाहेको तर नेपालमा नै बसेर केही गर्नेसहज वातावरण सरकारले बनाइदिन आग्रह गरे ।
उनले नेपालमा राम्रो काम गर्नेहरुलाई प्रोत्साहन सरकारले दिनुपर्ने बताए । उनले राज्यका नीतिहरु नीति बनाउनेहरुले कार्यान्वयन पहिला गर्नु आवश्यक रहेको बताए ।








