वीर अस्पतालमा उपचारका लागि माननीय र सम्माननीयको ताँति लागेको छः स्वास्थ्य मन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुुर बस्नेतले वीर अस्पतालमा विशिष्ट र अतिविशिष्ट व्यक्तित्व उपचारका लागि आउने क्रम बढेको बताएका छन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को चौथो दिक्षान्त समारोहमा स्वास्थ्यमन्त्री बस्नेतले वीर अस्पतालमा उपचारका लागि माननीय र सम्माननीयको ताती लागेको बताए ।

उनले बीरमा भीआईपी र भिभिआईपीको उपचारका लागि १७ जना स्वास्थ्यकर्मी छुट्याइएको बताए ।

उनले आधारभुत स्वास्थ्य सेवा गरिव, विपन्नहरुका लागि निःशुल्क बनाउन आफू लागि परेको बताए ।

स्वास्थ्य मन्त्री बस्नेतले डाक्टर, पारामेडिक्स र नर्सीङको क्षेत्रमा ठूलो जनशक्ती अभाव भइरहेको भन्दै दरबन्दी सृजना गरेर जाने सहमति भइसकेको बताए ।

मन्त्री बस्नेतले भने– ‘नेपालको संविधानले आधारभुत स्वास्थ्य सेवा गरिब, विपन्नहरुका लागि निःशुल्क र केही हुनेखानेलाई अत्यन्त सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने कुरा समेटेको छ । म स्वास्थ्यमन्त्री भएर आएपछि हरेक अस्पतालले १० प्रतिशत गरिब र विपन्नहरुका लागि निशुल्क उपचार गर्ने बेड र उपचार सहितको पद्धती थालनी भएको छ । संघीय अस्पताल र केहि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जनरल बेड निःशुल्क भएको छ । स्वास्थ्यकर्मीहरुको दरबन्दी पुर्ति हुने प्रकृया शुरु हुन थालेको छ । १७२ जनाको दरबन्दी स्वीकृत भएको छ । डाक्टर, पारामेडिक्स र नर्सीङको क्षेत्रमा अत्यन्तै ठूलो जनशक्ती अभाव भइरहेको हुनाले दरबन्दी सृजना गरेर जाने लगभग सहमति भइसकेको छ । अहिले देखिएको जनशक्तीको अभावको अन्योलको स्थिति चाँडै समाधान हुनेछ । दिक्षित हुनुभएकाहरु राष्ट्रको भविष्य हो, राष्ट्रको गरिमा हो । राष्ट्रको गर्व हो, इज्जत हो । तपाईहरुले त्यहि कुरालाई ध्यानमा राखेर आगामी दिनमा काम गर्नुहुनेछ । सरकारी अस्पतालमा वीर अस्पतालले धेरै सुधारका कामहरु अगाडी बढाएको छ । अहिले वीर अस्पतालको स्तरोन्नति भइरहेको अवस्था हो । म विदेशमा गएर बोल्दापनि बीर अस्पतालको नाम लिन थालेको छु । मलाई खुशी लागेको छ, वीरमा आठ बजेबाट ओपीडी सेवापनि शुरु भएको छ । वीरमा भीआईपी र भिभिआईपीको उपचारपनि भइरहेको छ । १७ जना चिकित्सहरु छुट्याइएको छ । वीर अस्पतालमा उपचारका लागि माननीय र सम्माननीयको ताती लागिरहेको छ । असोज २३ गते सेतो कोट दिवस मनाउँदैछौ । तपाईहरु सबै सेतोकोट धारी हो । मानविय संवेदनाको भुमिकाबारे छलफल हुनेछ । गरिब र विपन्न नागरिकलाई बिस्तारै निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँदै जानसक्छौं ।’

अहिले देखिएको जनशक्ति अभावको अन्यौल चाँडै समाधान हुने बताए । उनले दिक्षित भएकाहरु राष्ट्रको भविष्य र गरिमा भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 7 =