पूर्व प्रधानमन्त्रीहरू बोल्दा समय निर्धारण गर्नुपर्छ : दुर्गा राई

काठमाडौँ । प्रतिनिधि सभा सदस्य दुर्गा राईले पूर्व प्रधानमन्त्रीहरू प्रतिनिधि सभा बैठकमा बोल्दा समय निर्धारण गर्नुपर्ने बताएकी छन् ।

उनले सदनको सार्वभौमिकता र गरिमामय बनाउन पनि पूर्व प्रधानमन्त्रीहरू बोल्दा समय निर्धारण गर्नु आवश्यक रहेको उल्लेख गरिन् ।

उनले भनिन् ‘संविधानको व्याख्या र सही प्रयोग हुन्छ भनेर नै होला सदनमा पूर्व प्रधानमन्त्रीज्युहरुलाई आफ्नो भनाइ राख्दा समय निर्धारण नगर्ने अभ्यास हुँदै आइरहेको छ । तर सदनलाई सार्वभौम र गरिमामय बनाउने हो भने उहाँहरूले बोल्दा पनि समय निर्धारण गर्न आवश्यक देखिन्छ । ध्यानाकर्षण होस् ।’

उनले पूर्व प्रधानमन्त्रीहरूले आफ्नो भनाइ राख्दा समय निर्धारण नगर्ने अभ्यास हुँदै आएको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =