अदालतमै ढलिन् भारती, कस्तो छ स्वास्थ्य अवस्था ?
२०८० असोज १७ गते

काठमाडौं । रिगल भनिने योगराज ढकालको कैद मिनाहविरुद्ध अनसन थालेकी भारती मानन्धर सर्वोच्च अदालत परिसरमै ढलेकी छन् ।
कैद मिनाह गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध दिएको रिटको तारेख लिन उनी सर्वोच्च पुगेकी थिइन् ।
तारेख बुझेर फर्किने क्रममा उनी अदालत परिसरमै ढलेकी हुन् । बेहोस भएर ढलेपछि उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।
भारतीलाई उपचारका लागि अस्पताल लगिएको छ ।
श्रीमान चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका रिगलको कैद मिनाह भएपछि उनी न्याय माग्दै काठमाडौं आएकी छिन् ।
उनले बुधबारदेखि माइतीघर मण्डलामा दुई घन्टे रिले अनसन समेत थालेकी छिन् ।
२०८० असोज १७ गते
प्रतिक्रिया
सम्बन्धित








