‘रिगल’को कैद मिनाहाविरुद्ध भारतीले सुरु गरिन् अनशन
२०८० असोज १७ गते

काठमाडौँ । भारती मानन्धरले योगराज ढकाल ‘रिगल’लाई कैद मिनाहा गरेर रिहा गरेको निर्णयविरुद्ध अनशन सुरु गरेकी छन् ।
संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ढकालको कैद मिनाहा गरेका थिए ।
रिगलले भारतीका श्रीमान् चेतन मानन्धरको हत्या गरेका हुन् ।
माफी मिनाहाको निर्णय फिर्ता लिनुपर्ने माग राखेर भारतीले बुधवारबाट माइतीघर मण्डलामा अनशन सुरु गरेकी छन् ।
राष्ट्रपतिको निर्णयविरुद्ध उनले सर्वोच्चमा रिट दर्ता गराएकी छन् ।
२०८० असोज १७ गते
प्रतिक्रिया
सम्बन्धित








