पार्किङ गरी राखेको भ्याननमा आगलागी हुँदा ७ लाख रुपैयाँ बराबरको क्षति

सर्लाही । हरिवन नगरपालिका–४ गणेश चोक बस्ने ३९ वर्षीय विक्रम खत्रीको घरमा पार्किङ गरी राखेको ना–१ ज ३२०० नम्बरको म्याजिक भेनमा सोमबार राति आगलागी हुँदा क्षति भएको छ ।

इन्जिन लगायत भित्री भाग पूर्णरुपमा जलेर करिब ७ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको हो ।

स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =