राजश्व छलि गरिएका ८० थान मोबाइलसहित एक जना पक्राउ
२०८० असोज १६ गते

काठमाडौँ । काठमाडौं महानगरपालिका–२२ न्यूरोडबाट राजश्व छलिका विभिन्न कम्पनीको ८० थान मोबाइलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं कागेश्वरी मनहरा नगरपालिका–७ बस्ने रामेछाप लिखु गाउँपालिका–६ घर भएका २९ वर्षीय मिलन श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
न्यूरोड क्षेत्रमा राजश्व छलिका मोबाइल लुकाई राखेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले श्रेष्ठलाई उक्त मोबाइल र बा।१९ च ५०९४ नम्बरको गाडीसहित पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौं पठाइएको छ ।
२०८० असोज १६ गते
प्रतिक्रिया
सम्बन्धित








