कोशी एमाले अध्यक्षमा घनश्यामको सुरुवाती अग्रता
२०८० असोज १५ गते

नेकपा एमाले कोशी प्रदेशको अध्यक्षको मतगणनामा घनश्याम खतिवडाले सुरुवाती अग्रता लिएका छन्।
प्रतिस्पर्धी विनोद ढकालभन्दा खतिवडाले २० मत बढी पाएका हुन्।
खतिवडाले १४१ मत पाउँदा ढकालले १२१ मत पाएका छन्।
अहिलेसम्म २६२ मत गणना गरिएको छ।
प्रदेश अधिवेशनमा ९७७ जनाले मतदान गरेका थिए।
२०८० असोज १५ गते
प्रतिक्रिया
सम्बन्धित








