गौशालामा चक्कु प्रहार गरिएका हुसेनको अवस्था गम्भीर
२०८० असोज १५ गते

काठमाडौँ । काठमाडौँको गौशालाको पिके डायग्नोस्टिक सेन्टर सञ्चालक साजन हुसेन माथि चक्कु प्रहार भएको छ ।
उनी बारा जिल्लका कलैया न.पा.२१ घर भई हाल काठमाडौँ कोटेश्वर बस्दै आएका थिए । अनुमानित ३८ वर्षको साविर हुसेन उपर एक अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी फरार भएका छन् ।
हाल उनको के.एम.सि अस्पतालमा उपचार भई रहेको छ ।
उनको दाहिने तिघ्रा र ढाडमा चोट लागेको छ । उनी बोल्न नसक्ने अवस्थामा छन् ।
प्रहरीद्वारा घटनास्थलबाट कटुवा थान–१, गोली थान–१ र चक्कु थान–१ बरामद गरिएको छ ।
उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको ।
२०८० असोज १५ गते
प्रतिक्रिया
सम्बन्धित








