डाक्टरमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै केएमसीले दियो उजुरी

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) ले अस्पतालमा डाक्टरमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग गर्दै प्रहरीमा उजुरी दिएको छ ।

आइतबार दिउँसो केएमसी अस्पतालमा कार्यरत डा. मनिष खड्कामाथि कुटपिट गर्नेलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रहरी वृत्त गौशालामा उजुरी दिएको हो ।

डाक्टर कुटपिट गरेको आरोपमा यसअघि दुई जना पक्राउ परिसकेका छन् ।

पक्राउ पर्नेमा गुल्मी घर भई काठमाडौँको चाबहिल बस्ने २२ वर्षीय रूपक गौतम र सिनामंगल बस्ने ३४ वर्षीय सरोज गौतम छन्। उनीहरू ओपिडीमा आएका थिए । तर डा. मनिष खड्काले लाइनमा बस्न भनेपछि कुटपिट गरेको आरोप छ ।

कुटपिट गरेको भन्दै चिकित्सकहरू आन्दोलित छन् ।

यस्तो छ उजुरी पत्र:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 16 =