कार्यकर्ताले चाहेको हो भने कार्यकर्ताबाटै सभापति चुन्ने व्यवस्था राख्नुपर्छ : नेता पौडेल

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले कार्यकर्ताले केन्द्रीय सभापति आफैँ चुन्न खोजेको हो भने सोही अनुसारको व्यवस्था गर्नुपर्ने बताएका छन् ।
आइतबार काठमाडौँमा आयोजित १४ औँ महाधिवेशनको म्याण्डेट र पार्टी रूपान्तरणको जल्दाबल्दा सवाल विषयक गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले कार्यकर्ताले पार्टीको नेतृत्वले प्रत्यक्षमा वा समानुपातिकमा जसलाई टिकट दिन्छ, त्यसलाई सधैँभर थोपर्छ, अन्याय गर्छ भन्ने लाग्ने हो भने पार्टीभित्र प्राइमरी इलेक्शनको व्यवस्था गर्नुपर्ने बताए ।
उनले पार्टीका आम कार्यकर्ताले चुनेको मतदान गरेर चुनावमा उठ्न योग्य छ भन्ने व्यक्ति मात्रै उम्मेदवार हुन पाउनुपर्ने बताए । उनले पार्टीलाई मासवेस पार्टीमा रूपान्तरण गर्नु अहिलेको आवश्यकता भएको बताए । उनले एकै प्रकारको सदस्यता बनाएर जम्मा सदस्यहरूले केन्द्रीय सभापति चुन्ने व्यवस्था गर्न आवश्यक रहेको बताए ।
उनले भने ‘नेपाली काँग्रेसका सबै कार्यकर्ताले अब आफ्नो केन्द्रीय सभापति आफैँ चुन्न खोजेका हुन् भने हामीले त्यही अनुसारको व्यवस्था गर्न सक्नुपर्छ । नेपाली काँग्रेसका कार्यकर्ताले पार्टीको नेतृत्वले प्रत्यक्षमा वा समानुपातिकमा जसलाई टिकट दिन्छ, त्यसलाई सधैँभर थोपर्छ अन्याय गर्छ, भन्ने लाग्ने हो भने पार्टीभित्र प्राइमरी इलेक्शन अन्तरपार्टी प्राइमरी इलेक्शनको व्यवस्था गर्नुपर्छ । पार्टीका आम कार्यकर्ताले चुनेको मतदान गरेर चुनावमा उठ्न योग्य छ भन्ने व्यक्ति मात्रै उम्मेदवार हुन पाउनुपर्छ । यसको मतलब पार्टीलाई मासवेस पार्टीमा रूपान्तरण गर्नुपर्छ । यो क्याडरवेस पनि पार्टी होइन, हामीले व्यवहार जुन गरिरहेका छौँ । जुन अभ्यास गरिरहेका छौँ । त्यसको आधारमा पनि यो क्याडरवेस पार्टी होइन । हामी खुला पनमा विश्वास गर्छौँ । त्यसकारण नेपाली काँग्रेस पार्टी सबै हिसाबले मासवेस पार्टी हो । संसारमा मासवेस पार्टीको सदस्यताको प्रकार हुन्छ रु हाम्रो पार्टी मासवेस पार्टी हो भने त्यो पार्टीको सदस्यता एउटा प्रकारको मात्रै हुन्छ । हामीले एकै प्रकारको सदस्यता बनाएर नेपाली काँग्रेसका सदस्यहरू देशभर २० लाख भए ३० लाख सदस्यले मतदान गरेर केन्द्रीय सभापति चुन्ने व्यवस्था हामीले किन नगर्ने रु व्यक्तिको विवेकले गरेको निर्णय सधैँ न्यायपूर्ण हुँदैन कतै न कतै खोट हुन्छ ।’
नेता पौडेलले काँग्रेसलाई मासवेस पार्टीका रूपमा रूपान्तरित गर्न जरुरी रहेको बताए ।








