साफ–यू १९ को उपाधि भारतलाई, पाकिस्तान ३–० ले पराजित
२०८० असोज १३ गते

साफ–यू १९ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार पाकिस्तानलाई ३–० ले हराउँदै भारतले उपाधिमा ह्याट्रिक गरेको हो।
भारत यसअघि सन् २०१९ र २०२२ मा पनि च्याम्पियन बनेको थियो।
भारतलाई जित दिलाउन मागेथाङ किपगेनले दुई र गोगोसर गोएरीले एक गोल गरे।
भारतले नेपाललाई हराउँदै र पाकिस्तान भुटानलाई ट्राइब्रेकरमा हराउँदै फाइनलमाा पुगेका थिए।
२०८० असोज १३ गते
प्रतिक्रिया
सम्बन्धित








