कांग्रेसले कार्की नेतृत्वको सरकारलाई विश्वासको मत नदिने
२०८० असोज १२ गते

नेपाली कांग्रेसले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको छ। कोशी प्रदेश संसदीय दलको शुक्रवार बसेको बैठकले कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको कोशी प्रदेशका प्रमुख सचेतक समेत रहेका महामन्त्री भूपेन्द्र राईले बताए।
प्रदेशसभाको चौथो अधिवेशन असोज १७ गतेका लागि आह्वान भएको छ । कार्कीले असोज २० गतेसम्ममा विश्वासको मत दिइसक्नु पर्ने संवैधानिक बाध्यता छ।
कांग्रेसले दोस्रो पटक अध्यादेशमार्फत आएको बजेट कार्यान्वयन नगर्न मन्त्रालयहरूलाई आग्रह गर्ने निर्णय पनि गरेको छ।
संविधानको धारा १६८ को उपधारा ५ बमोजिम आफ्नै नेतृत्वका सरकार निर्माण गर्ने कांग्रेसको रणनीति छ।
४ गते उपसभामुख सिर्जना दनुवारले बैठक डाकेर संसदीय मर्यादा विपरीत अनुपस्थित भएको भन्दै खेद प्रस्ताव समेत पारित गरेको छ।
२०८० असोज १२ गते
प्रतिक्रिया
सम्बन्धित








