‘शासकीय मानसिकता परिवर्तन नभएसम्म संघीयता कार्यान्वयनमा समस्या छ ’

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शासकीय मानसिकता परिवर्तन नभएसम्म संघीयताको सफल कार्यान्वयनमा समस्या हुने बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए ।

उनले संघीयताको सफल कार्यान्वयनका लागि तीनवटै तहका सरकार र कर्मचारी संयन्त्रमा शासकीय मानसिकतामा परिवर्तन अपरिहार्य भएको बताए ।

उनले संघीयता कार्यान्वनय नभइकन जस्तोसुकै ऐन र नियम बनाएपनि धेरै परिणाम नदिने उल्लेख गरे ।

उनले संघीय शासन प्रणालीअनुसारको अधिकार कार्यान्वनयको श्रोतको व्यवस्थापन, जिम्मेवारी लगायतमा ध्यान दिन जरुरी रहेको बताए ।

उनले भने, ‘मुल रुपमा हाम्रो शासनको जिम्मेवारीमा निर्वाचित भएर आउने विशेषगरी र स्थायी सरकारको हुनुपर्ने निजामति प्रशासनको मानसिकता दुवै तहको जिम्मेवारमा बस्नेहरुको शासकीय मानसिकता परिवर्तन नभएसम्म कार्यान्वयनमा समस्या हुन्छ । कार्यान्वयन नभइकन जस्तोसुकै ऐन बनाएपनि जस्तोसुकै नियम बनाएपनि धेरै परिणाम दिँदैन । त्यसले द्वन्द्व निम्त्याइरहन्छ । मुल चुरो त्यहाँ छ । त्यहाँ माथिदेखि तल र तलदेखि माथिसम्म हामीले संघीय लोकतान्त्रिक गणतन्त्रको शासन व्यवस्थालाई परिवर्तन गर्ने की नगर्ने त्यो अनुसार हामीले आफूलाई अभ्यस्त पारेर संघीय शासन प्रणालीअनुसारको अधिकार कार्यान्वनयको श्रोतको व्यवस्थापन, जिम्मेवारी लगायत सबै कुराको बारेमा गम्भीर भएर समीक्षा गर्न जरुरी छ ।’

कार्यवाहक प्रधानमन्त्री खड्काले सरकारले सङ्घीय कानुन निमार्णलाई उच्च प्राथमिकतामा राखेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 3 =