पाकिस्तानमा आत्मघाती विस्फोट, डिएसपीसहित ५२ जनाको मृत्यु

काठमाडौँ । पाकिस्तानमा शुक्रवार भएको एक आत्मघाती विस्फोटमा परी एक जना उच्च प्रहरी अधिकारीसहित कम्तीमा ५२ जनाको मृत्यु भएको छ।

बलोचिस्तानको मास्तुङ जिल्लामा एउटा मस्जिदनजिकै सुरु हुन लागेको र्‍यालीमा आत्मघाती विस्फोट भएको हो। विस्फोटमा परी र्‍यालीमा खटेका मास्तुङका डिएसपीको पनि मृत्यु भएको छ।

विस्फोटमा परी १३० भन्दा बढी मानिस घाइते भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ।

विस्फोटको अहिलेसम्म कसैले जिम्मा लिएको छैन।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − ten =