एमालेको बागमती प्रदेशको नेतृत्व चयनका लागि मतदान सुरु
२०८० असोज १२ गते

काठमाडौँ । नेकपा (एमाले) बागमती प्रदेशको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।
मतदान केही बेरअघि सुरू भएको अध्यक्ष मण्डलका सदस्य शेरबहादुर तामाङले जानकारी दिए ।
अध्यक्षमा मकवानपुरका कृष्णप्रसाद दाहाल र रामेछापका कैलाश ढुंगेलको उम्मेदवारी छ । सचिवमा सिन्धुपाल्चोकका हस्त पण्डित र ललितपुरका नवराज सिलवालबीच प्रतिस्पर्धा हुँदैछ ।
चितवन, रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोकमा सर्वसम्मत सदस्य छानिएको छ ।
एमाले बागमतीमा १ हजार १६४ जना प्रतिनिधि छन् । भोटिङ मेसिन प्रयोग गरेर मतदान भइरहेको छ । ४० वटा भोटिङ मेसिन प्रयोग गरिएको मतपरिणाम साँझसम्म आइसक्ने निर्वाचन समितिले जानकारी दिएको छ ।
२०८० असोज १२ गते
प्रतिक्रिया
सम्बन्धित








