इजिप्ट र युएईले मुद्रा आदानप्रदान सम्झौतामा हस्ताक्षर गरे

सिन्ह्वा । इजिप्ट र संयुक्त अरब इमिरेट्स (युएई) को केन्द्रीय बैङ्कहरूले बिहीबार मुद्रा आदानप्रदान सम्झौतामा हस्ताक्षर गरेका छन् ।

४२ अर्ब इजिप्टियन पाउण्ड (लगभग १.३६ बिलियन अमेरिकी डलर) र ५ अरब युएई दिर्हाम नाममात्र मूल्यमा साटासाट गर्न सहमत भएका हुन् ।

यो सम्झौता इजिप्ट र युएईबीचको सम्बन्धलाई सबै तहमा सुदृढ गर्ने विश्वास लिइएको छ । यो सम्झौताले दुई पक्षबीचको संयुक्त आर्थिक सहयोगको आधारशिलाको रूपमा काम गर्ने बताइएको छ ।

युएई केन्द्रीय बैंकका गभर्नर खालेद बालामाले यो सम्झौताले युएई र इजिप्टबीचको द्विपक्षिय सम्बन्धलाई मजबुत बनाउने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =