भारतविरुद्ध नेपालले गोल फर्कायो
२०८० असोज १० गते

साफ यू-१९ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारतविरुद्ध गोल फर्काएको छ।
पहिलो हाफमा पछि परेको नेपालले दोस्रो हाफको ७४ औं मिनेटमा गोल गर्दै खेलमा फर्किएको हो।
समिर तामाङले नेपालका लागि उत्कृष्ठ हेडमार्फत गोल गरे।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा २६ औं मिनेटमा शाहिल खुर्सिदको गोलमा भारतले सुरुवाती अग्रता लिएको थियो।
आजको खेलमा भारतलाई हराउन सके नेपाल फाइनलमा पुग्नेछ। यसअघि भुटानलाई पराजित गर्दै पाकिस्तान फाइनल प्रवेश गरेको छ।
२०८० असोज १० गते
प्रतिक्रिया
सम्बन्धित








