नेप्से परिसूचक १८.६० अंकले गिरावट

काठमाडौँ । बुधबार नेप्से परिसूचक १८.६० अंकले घटेको छ।

आज नेप्से ०.९१ प्रतिशतले घटेर २००४.३० बिन्दुमा बन्द भएको छ। नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

गत कारोबार दिन २ अर्ब ९ करोड ३८ लाख ९ हजार ५१८ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर १ अर्ब ८१ करोड ४३ लाख ५९ हजार २२ रुपैयाँ पुगेको छ। आज २८२ वटा धितोपत्रको ७० लाख ६१ हजार ४०४ कित्ता सेयर किनबेच भएको हो।

बुधबार मनकामना इन्जिनियरिङ हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.९० प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य २७२ रुपैयाँ पुगेको छ। यस्तै, एशियन हाइड्रोपावरको सेयरमूल्य ७.९१ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ४२३ रुपैयाँ पुगेको छ।

सेयर मूल्य सर्वाधिक घट्नेमा लक्ष्मी भ्यालु फण्ड–२ रहेको छ। उक्त योजनाको इकाइ मूल्य १० प्रतिशतले घटेर प्रति इकाइ मूल्य ८ रुपैयाँ ६५ पैसा पुगेको छ। शुभम् पावरको सेयर मूल्य ९.९९ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ८४२ रुपैयाँमा सीमित भएको छ। बुधबार सन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको प्रतिकित्ता ४८१ रुपैयाँमा ७ करोड ६२ लाख बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा ०.६१ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा एनआइसी एशिया बैंक रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ७७७ रुपैयाँ ४० पैसामा ६ करोड १९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो। जलविद्युत समूहको परिसूचक सर्वाधिक १.५१ प्रतिशतले घटेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *