नेप्से परिसूचक ५.८९ अङ्कले गिरावट

काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अङ्कले गिरावट आएको छ ।

आइतबार १९.४२ अङ्क गिरावट आएको नेप्से परिसूचक सोमवार ५.८९ अङ्कले घटेर २००४.४५ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.९४ अङ्कले घटेको छ भने फ्लोट इण्डेक्स ०.४२ अङ्क र सेन्सेटिभ इण्डेक्स ०.७३ अङ्कले घटेको छ ।

सोमवार कारोबारमा आएका २८४ कम्पनीको ६५ लाख १६ हजार कित्ता शेयर १ अर्ब ५६ करोड ५५ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । आइतबारको तुलनामा सोमवार कारोबार रकममा पनि गिरावट आएको छ । आइतबार २ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक घटेको छ भने दुई उपसमूहको परिसूचक बढेको छ । जसमा जलविद्युत र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको छ । त्यस्तै, लगानी उपसमूहको परिसूचक ०.९५ प्रतिशत घट्दा बाँकी अन्य उपसमूहरुको परिसूचक ०.९५ प्रतिशत भन्दा कमले गिरावट आएको छ ।

सोमवार नेप्से परिसूचकमा गिरावट आएपनि तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा माई खोला हाइड्रोपावर, एसियन हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । तर यता शुभम् पावर र थ्रीस्टार हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सोमवार सन नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *