राष्ट्रपति पौडेल बुढेसकालमा पद पाएकाले सरकारप्रति कृतज्ञ हुुनुहुन्छः ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अपराधको राजनीतिकरण गरिरहेको टिप्पणी गरेका छन् ।

अध्यक्ष ओलीले अपराधीलाई आममाफी दिने काम गरेर सरकारले राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण गरिरहेको जिकिरसमेत गरे ।

राष्ट्रपति रामचन्द्र पौडेल बुढेसकालमा पद पाएकोमा सरकारप्रति कृतज्ञ भएकाले अपराधीको सजाय मिनाहा गर्ने सरकारको निर्णय स्वीकार गरेको उनको भनाई थियो ।

शुक्रवार पार्टीको केन्द्रीय अर्थ तथा योजना विभागले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारको ध्यान शान्ति प्रक्रियालाई टुङ्ग्याउने भन्दा पनि हिंसालाई उत्सवको रूपमा मनाउनेतिर रहेको दोहोर्याए ।

फागुन १ गते माओवादी विद्रोहको सुरु भएको दिनलाई सार्वजनिक बिदा दिने सरकारको निर्णय स्मरण गराउँदै उनले सरकारले हिंसालाई उत्सवको रूपमा मनाएर शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने उल्टो बाटो लिएको बताए ।

अध्यक्ष ओलीले सरकारले ध्यान गरिबी निवारण, मुलुकको विकास र समृद्धितिर नभएको बताए ।

उनले भने ‘सरकारलाई राम्रो कामको निम्ति बाध्य पार्नुपर्छ या त सत्ता परिवर्तन गर्न सक्नुपर्छ । हिंसा फैल्याउनका लागि गौरवगाथा दिवस मनाइन्छ । अनि सरकारको ध्यान कता छ भन्ने कुरा नि । मैले त्यसबेला यो नगर्नुस् भने । तर उहाँहरूको साँठगाँठ अर्कातिर भइसकेको हुनाले प्रचण्डजीले मलाइ जवाफ दिनुभयो–शेरबहादुर जीसँग मेरो कुरा भइसकेको छ । म यो गर्छु । उहाँ एउटा अठोटमा पुगिसक्नुभएको थियो । नगर्नुस् भन्ने मेरो कुरो हो । म फेरि पनि नगर्नुस् भन्छु । जसले गरेपनि । तपाई यो शान्ति प्रक्रिया टुंगोमा पुर्याउन खोज्दै हुनुहुन्छ । हिंसालाई राष्ट्रिय दिवसको रूपमा बिदा मनाएर । तपाई आफ्ना कार्यकर्तालाई पैसा बाँड्दै हुनुहुन्छ । हिंसा दिवस मनाएर उन्माद चढाउँदै हुनुहुन्छ । र, शान्ति प्रक्रिया टुङ्गो लगाउँदै हुनुहुन्छ । यो कुरा गर्नु हुन्छ । हिंसा दिवस र शान्ति प्रक्रिया सँगसँगै जाने कुरा हो र रु एउटाको घाउमा नुनचुक छर्किएर, पीडितमाथि न्याय होइन, उसमाथि अन्याय र अपमानले घोचेर शान्ति प्रक्रिया टुङ्गो लाग्छ रु मैले यो प्रसङ्ग किन मात्रै भनेको हो भने सरकारको ध्यान कता छ रु यतिबेला के हिंसालाई उत्सव मनाउनुपर्ने थियो र रु थिएन । सरकारले राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण गरिराखेको छ । अपराधी जेलमा बस्नु पर्दैन । प्रोफेसरको ढाँड भाँचिदियो भने मुद्दा फिर्ता लिन्छ । प्रोफेसरको जिन्दगी बर्बाद भइराखेको छ । एउटा क्रिमिनलको मुद्दा नचलाउन खोज्छ । दबाब दिएर चलायो भने फिर्ता लिन्छ । राष्ट्रपति महोदय बुढेसकालमा राष्ट्रपति पाएकोमा कृतज्ञ हुनुहुन्छ । सरकारले जे लग्यो, त्यो बडो खुसीका साथ स्विकार्नु हुन्छ । अब यो स्थितिमा अब राज्यको यो ग्रयाजुएशन, विकास, गरिबी निवारणलगायतका कुराहरूमा राज्यको ध्यानै छैन ।’

अध्यक्ष ओलीले सरकारले अपराध कर्ममा लागेकाहरूको मुद्दा फिर्ता लिएको भन्दै आक्रोश समेत व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *