चार मन्त्रीको उपस्थितिमा आन्दोलनरत शिक्षकसँग गृह मन्त्रालयमा वार्ता जारी

शिक्षा विधेयकको विरोधमा आन्दोलनमा उत्रिएका शिक्षकहरू र सरकारबीच अहिले छलफल भइरहेको छ।

बिहीबार साँझ ७ बजेदेखि सिंहदरबारस्थित गृह मन्त्रालयमा छलफल भइरहेको हो।

बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राई, अर्थमन्त्री प्रकाशशरण महत र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङ र सरोकारवाला मन्त्रालयका सचिवहरू सहभागी छन्।

देशभरका सामुदायिक विद्यालयका शिक्षकहरूले बुधबारदेखि आन्दोलनको गरिरहेका छन्।

बिहीबार बिहान पनि शिक्षक र सरकारबीच छलफल भएको थियो। तर बैठक निष्कर्षमा पुग्न सकेको थिएन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *