हिमालय एअरलाइन्सले सुरू गर्‍यो काठमाडौं-छिन्ताओ-काठमाडौं उडान

काठमाडौँ । हिमालय एयरलाइन्सले काठमाडौंबाट चीनको छिङ्डाओमा सिधा उडान शुरु गर्ने भएको छ । आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै एयरलाइन्सले यसबारेमा जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदुत छन् सोङ लगायतको उपस्थिति रहेको थियो । पत्रकार सम्मेलनमा बोल्द मन्त्री किराँतीले चीनको छिङ्डाओमा सिधा उडान भर्न लागेको खुशी व्यक्त गरे । उनले उक्त विमानस्थल बिआरआई परियोजनाको भूमि भएको नाताले महत्वपूर्ण रहेको बताए ।

उनले धेरै चिनियाँ नागरिकलाई पाहुनाको रुपमा नेपाल भित्र्याउनसके र ग्रामिण संस्कृतिको जरासम्म पु¥याउनसके पर्यटन क्षेत्रमा नयाँ गन्तव्य बन्ने बताए । चीनका विभिन्न शहरबाट पोखराको शहरमा उडान गर्नको लागि चिनियाँ राजदुतसँग आग्रह गरे । मन्त्री किराँतीले काठमाडौं—पोखरा—चीनसम्म उडान गर्ने वातावरण मिलाउन सके नेपालमा पर्यटन क्षेत्रले नयाँ इँटा थप्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *