मलंगवामा कर्फ्यु हट्यो, बुधबारसम्म निषेधाज्ञा

काठमाडौँ । सर्लाहीको मलंगवामा लगाइएको कर्फ्यु हटेको छ । शुक्रबार कृष्णको मूर्ति सेलाएर फर्कने क्रममा दुई समुदायबीच झडप भएपछि लगाइएको कर्फ्यु हटेको हो ।

अहिले कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरिएको छ । सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमको मध्यनजर गर्दै साविक मलंगवा नगरक्षेत्र पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल-भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोस्ट/बाबा पेट्रोल पम्म सीमा क्षेत्रभित्र कुनै प्रकारको भेला, जुलुस गर्न नपाइने, बैठक वा प्रदर्शन वा पर्चा जस्ता प्रचार सामग्री टाँस्न वा लेख्न नपाइने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (२) (१) र दफा ६ (ख) को (१) (ग) बमोजिम आज बिहान ८ बजेदेखि भदौ २७ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *