रोकिराखेको ट्रकमा बस ठोक्किँदा ७ जनाको मृत्यु

काठमाडौँ । बाँकेमा रोकिराखेको ट्रकसँग बस ठोक्किँदा मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ । शमशेरगन्जस्थित जंगलमा शुक्रबार राति भएको दुर्घटनामा १३ जना गम्भी घाइते भएका छन् ।

कोहलपुरका डीएसपी सुन्दर तिवारीले बिग्रिएर मर्मतका लागि रोकिराखेको ना ८ ख ६४०५ ट्रकलाई ना ७ ख २३२१ नम्बरको बसले ठक्कर दिन पुग्दा दुर्घटना भएको बताए । बर्दियाको ठाकुरबाबा नगरपालिका-९ का ५० वर्षीय काशीराम थारु, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रुपा परियार, करिब ४० वर्षीया जयन्ती थारु, वडा नं ७ का ६५ वर्षीय चानुराम थारु, वडा नं ८ का ४५ वर्षीय जुगबहादुर चन्द र नामथर वतन नखुलेका गाडीस्टाफ ३५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

बर्दियाको बेतनी सामुदायिक वन उपभोक्ता समितिका सदस्यहरू बस रिजर्भ गरेर दाङको थारु सङ्ग्रहालय भ्रमण गरी फर्किने क्रममा दुर्घटनामा भएको बताइएको छ । राप्ति सोनारी गाउँपालिका-८ को जंगल क्षेत्रमा राति करिब ९ बजेर १५ मिनेट जाँदा घटना भएको हो ।   घाइतेहरूको नेपालगन्ज उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *