वडाध्यक्ष रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा राखियो, पशुपतिमा अन्त्येष्टि गरिने

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा राखिएको छ ।

वडाध्यक्ष एवम् नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ७ का क्षेत्रीय सभापति रिजालको पार्थिव शरीरलाई ११ बजेदेखि १२ बजेसम्म राष्ट्रिय सभागृहमा राखिने भएको हो ।

त्यसपछि पशुपति मन्दिर परिसरमा श्रद्धाञ्जलीका लागि राखिने बताइएको छ । उनको आज दिउँसो नै अन्तिम दाहसंस्कार गर्ने कार्यक्रम रहेको छ ।

वडाध्यक्ष रिजालको निमोनियाका कारण निधन भएको हो । वडाध्यक्ष रिजाललाई उपचारका लागि यही भदौ १७ गते ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको थियो । अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेका उनको दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया) का कारण आज बिहान ७ः३० बजे निधन भएको अस्पतालका स्वास्थ्य निर्देशक डा विनोद विजुक्छेले जानकारी दिए ।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ७ का क्षेत्रीय सभापतिसमेत रहेका वडाध्यक्ष रिजाल २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिका–१६ मा दोस्रोपटक वडाध्यक्षमा निर्वाचित भएका थिए ।

वडाध्यक्ष रिजालका श्रीमती र दुई छोरा छन् ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 2 =