काठमाडौँ-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन
२०८० भदौ २१ गते

काठमाडौं ।काठमाडौं महानगरपालिका-१६ का अध्यक्ष मुकुन्द रिजालको डेंगु सङ्क्रमणका कारण निधन भएको छ।
डेंगु सङ्क्रमित भएर ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको आज बिहान निधन भएको हो ।
उनी पाँच दिनअघि अस्पताल भर्ना भएका थिए । रिजालको फोक्सोमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
महानगरपालिकाले बिहान ११ बजे राष्ट्रिय सभागृहमा रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखेको छ ।
नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ७ का क्षेत्रीय सभापतिसमेत रहेका वडाध्यक्ष रिजाल २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिका–१६ मा दोस्रो पटक वडाध्यक्षमा निर्वाचित भएका थिए ।
वडाध्यक्ष रिजालका श्रीमती र दुई छोरा छन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारका एक सदस्यले जानकारी दिए ।
२०८० भदौ २१ गते
प्रतिक्रिया
सम्बन्धित










