आइएमई पे मार्फत पानी र इन्टरनेट भुक्तानीमा भारी छुट
२०८० भदौ १९ गते

काठमाडौँ। नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले हालै सार्वजनिक गरेको ‘विकेट टु विईन’ नामक अभियान अन्तर्गत अर्को नयाँ अफर सार्वजनिक गरेको छ ।
भदौ १९ देखी असोज १८ सम्म चल्ने सो अफर अन्तर्गत सेवाग्राहीले आफ्नो इन्टरनेट तथा पानीको बिल भुक्तानी आइएमई पे मार्फत गर्दा रु १०० सम्म छुट प्राप्त गर्न सक्नेछन्।
पे का अनुसार सो छुट प्राप्त गर्नको लागि, सेवाग्राहीले पानी को बिल भुक्तानी गर्ने क्रममा ‘वाटर’ प्रोमो कोड राख्न पर्ने छ भने इन्टरनेट को बिल भुक्तानी क्रममा ‘आइएनटिइआरएनइटि’ प्रोमो कोड राख्नु पर्ने छ।
अफर अन्तर्गत सेवाग्राहीले पानी को प्रोमो कोड अफर अन्तराल भरी जति चोटि पनि प्रयोग गर्न सक्नेछन् भने इन्टरनेटको प्रोमो कोड भने अफर अन्तराल भरी एक जना ग्राहकले एक चोटि मात्र प्रयोग गर्न पाउने पे ले बताएको छ ।
२०८० भदौ १९ गते
प्रतिक्रिया
सम्बन्धित








