कस्तो छ १९औँ एसियाली खेलकुद हुने हाङझाउ ?

काठमाडौँ । सेप्टेम्बर २३ मा पूर्वी चीनको झेजियाङ प्रान्तको हाङझाउमा १९ औँ एसियाली खेलकुद आयोजना हुँदैछ । खेलकुद आयोजना हुने स्थल १.१३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । जुन खेलकुदको सबैभन्दा ठूलो गैर प्रतिस्पर्धी स्थल हो ।

एसियाली खेलकुदमा १० हजार बढी खेलाडी, ४ हजार बढी प्राविधिक अधिकारी, ५ हजार बढी पत्रकारहरू जाने अपेक्षा गरिएको छ । खेल स्थल र गाउँमा ६ वटा रेष्टुरेण्टहरु रहेका छन् ।

हाङझाउ एसियाली खेल गाउँका खानपान सेवा केन्द उप निर्देशक हु छुवान्गाङ्गले एथलिट डाइनिङ हलले ८ हजार ४ सय वर्ग मिटर क्षेत्रफल ओगटेको र ४२ सय सिटहरु रहेको बताए । एसियाली खेलको बेलामा यो बिहान ५ बजेदेखि १ बजेसम्म घण्टा चल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *