कोशीका मुख्यमन्त्री थापाविरुद्धको रिटमाथि आज सुनुवाइ नहुने

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापा विरुद्धको रिटमाथि आज सुनुवाई नहुने भएको छ ।

उक्त रिटको सुनर्वाइका लागि न्यायाधीश ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलास तोकिएको थियो । तर, आफूले सो मुद्दा नहेर्न न्यायाशीश खतिवडाले बताएका छन् ।

मुद्दा हेर्न अस्वीकार गरेपछि मुख्यमन्त्री थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको दाबीसहित पूर्व मख्यमन्त्री समेत रहेका कोशी संसदीय दलका नेता हिकमत कार्कीले थापाविरुद्ध दायर गरेको रिटमाथि आज सुनुवाई नहुने भएको हो ।

यसअघि उक्त मुद्दामा प्रारम्भिक सुनुवाई गरेकै न्यायाधीशको इजलासमा पूर्ण सुनुवाई तोकिएकोले न्यायाधीश खतिवडाले उक्त मुद्दामाथि सुनुवाई गर्न अस्वीकार गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *