डोल्पामा नेपाली सेनाका गुल्मपति सम्पर्कविहीन

काठमाडौँ । डोल्पा सदरमुकाम दुनैमा रहेको नेपाली सेनाको बेस क्याम्पका गुल्मपति विमल पण्डित सम्पर्कविहीन भएका छन् ।

डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलका अनुसार आइतबार साँझदेखि उनी सम्पर्कविहीन भएका हुन् ।

उनले भने ‘उहाँले बडीगार्ड पनि छाडेर हिँड्नुभएको रहेछ। अहिलेसम्म पनि सम्पर्कमा आउनुभएको छैन’। गुल्मपति पण्डितको खोजीमा डिएसपी शिवकुमार बुढाथोकीको कमान्डमा प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =