माओवादी छाडेर राप्रपामा पुगेका कट्वाल बने मोरङ अध्यक्ष : १२ वर्षदेखिका अध्यक्षलाई कारबाही, बिबादितलाई जिम्मेवारी

माओवादी छाडेर राप्रपामा पुगेका बिबादित पात्रलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले मोरङ जिल्ला अध्यक्षको जिम्मेवारी दिएको छ। १२ वर्षदेखि राप्रपाको जिल्ला अध्यक्ष माधवप्रसाद आचार्यलाई कारबाही गरेर राप्रपाले बिबादित छविका गोपालबहादुर कट्वाललाई जिल्ला अध्यक्षको जिम्मा दिएको हो।

२ वर्षअघिको अधिवेशनबाट आचार्य तेस्रो कार्यकालका लागि निर्वाचित भएका थिए। तर निर्वाचित अध्यक्षलाई हटाउँदै राप्रपाले माओवादी छाडेर आएका कट्वाललाई पार्टी हाँक्ने जिम्मा दिएको छ।

राप्रपाले आचार्यलाई पार्टी संगठन विस्तारको काम गर्न नसकेको आरोप लगाएको छ।

तर आचार्यले भने आफूलाई विधानविपरित हटाएर तदर्थ समिति बनाएको गुनासो गरेका छन्।

राप्रपाले ५१ सदस्यीय तदर्थ समिति बनाएको छ।

आफूलाई हटाएर केन्द्रीय अध्यक्षले विधान मिचेको आरोप पनि आचार्यले लगाएका छन्।

राप्रपाले पाटीं संगठन सिठक ढंगले नचलेको भन्दै मोरङसहित रौतकट र दाङमा पनि जिल्ला कमिटि पुर्नरगठन गरेको छ।

कटुवाल संयोजक रहेको समितिले सोमबार पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरेको छ। तदर्थ समितिले ६ महिना भित्रमा जिल्ला अधिवेशन गरिसक्ने राप्रपाले जनाएको छ।

जिल्ला अध्यक्ष  कट्वाल २०७० मा माओवादीबाट र २०७९ मा राप्रपाबाट निर्वाचन लडेका थिए। उनी दुवै पटक पराजित भएका थिए। चुनावका बेला पनि उनले व्यापारीलाई गैरकानुनी काम गर्ने आश्वासन दिएको भन्दै आलोचना भएको थियो।

 

प्रतिक्रिया

One thought on “माओवादी छाडेर राप्रपामा पुगेका कट्वाल बने मोरङ अध्यक्ष : १२ वर्षदेखिका अध्यक्षलाई कारबाही, बिबादितलाई जिम्मेवारी

  1. यो मान्छे फटाहाको पनि पराकाष्ठा हुन् ।
    हेर्दा सोझा, लाग्छ उहाँजस्तो जनताको भलो चिताउने मान्छे सायदै अरु कोहि होला। तर, उहाँ मान्छेलाई पङ्गु बनाउन सिपालु । नाम मात्रको नेता। जसको एउटा वडा सदस्य धरी हाक्ने क्षेमता छैन। अनि राप्रपाले के हेरेर यस्तो महासयलाई अध्यक्ष बनाउछ। आहा।कटुवाल ज्यू।

Leave a Reply

Your email address will not be published. Required fields are marked *