निषेधाज्ञाको भोलिपल्टै धरान पुगेर शेखरले भने- देशलाई जातीय र धार्मिक द्वन्दमा धकेल्न खोजिदैछ

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अस्थिरता चाहने तत्वहरूले देशलाई जातीय र धार्मिक द्धन्दमा धकेल्न कोशिश गरिरहेको बताएका छन् ।
‘देशमा साम्प्रदायिक द्वन्दको बीजारोपण गरेर सामाजिक, धार्मिक सदभाव बिथोल्न खोजिदैछ, त्य‍‍ो हामी कदापि स्विकार्न सक्दैनौं’ कोइरालाले भने।
धार्मिक मुद्दाले पेचिलो बन्दै गएको धरान पुगेर नेता कोइरालाले हरेक भाषाभाषी र जातजातिलाई आफ्नो धर्म मान्न पाउने अधिकार संविधानले ग्यारेन्टी गरेको भन्दै धर्मका नाममा राजनीति गर्न नहुने उनले बताए ।
उत्तेजना र बहकाउमा नलागी जातीय र धार्मिक सद्भाव कायम गर्दै संयमित हुन कोइरालाले धरानबासीमा आग्रह समेत गरे। धार्मिक र जातीय सहिष्णुतामै नेपाली समाज अडेको कोइरालाले प्रस्ट पारे।
नेपाली कांग्रेस सुनसरी क्षेत्र नं.१ ले सञ्चालन गरेको ‘ग्रिन एण्ड क्लिन धरान अभियान २०८०’ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसका नेता कोइरालाले यदि कुनै एक ठाउँबाट साम्प्रदायिक फैलिए त्यसको ज्वाला देशै भरि जाने खतरा रहेको पनि बताए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =